कोभिड-१९ महामारी व्यवस्थापनको क्रममा गण्डकी प्रदेश सरकारले लेखनाथ सामुदायिक लायन्स अस्पताललाई स्वामित्वमा लिई २०७६ साल चैत्र महिनामा गण्डकी प्रदेश सरकारको नियन्त्रणमा ल्याउने निर्णय भएको थियो । २०७७ सालको श्रावण महिनामा स्वामित्व हस्तान्तरणपछि, २०७७ भाद्रमा अस्पताललाई संक्रामक तथा सरुवा रोग अस्पतालको नाम दिइयो | यस अस्पतालको स्थापना भएसँगै दीगो व्यवस्थापन गर्न मिति २०७७ साल असोज २६ गते संक्रामक तथा सरुवा रोग अस्पताल संचालन तथा व्यवस्थापन समिति (गठन आदेश) गण्डकी प्रदेश मन्त्रिपरिषद्बाट स्वीकृत गरी सोही बमोजिम संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन तथा संचालन समिति क्रियाशिल रहेको जनसमुदायमा जनरल सेवाको आवश्यकता अस्पतालले संक्रामक सेवा मात्र नभई सोहि अनुरुप जनरल सेवा पनि प्रदान गर्दै आएको कारणले २०८१ माघ मा अस्पतालको नाम परिबर्तन गरि प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल नामकरण गरियो । हाल यस अस्पतालले विशेषज्ञ चिकित्सक लगायात दक्ष जनशक्ति द्वारा .पी.डी सेवा, गर्भवती जाँच, परिवार नियोजन सेवा , आँखा सम्बन्धि उपचार सेवा , भिडियो एक्सरे सेवा साथै २४ सै घण्टा इमर्जेन्सी सेवा, अन्तरंग सेवा, सेरो पोजेटिभ हेमो डायलायसिस सेवा(गण्डकी प्रदेशमा एक मात्र संस्था), सेरो नेगेटिभ हेमो डायलायसिस सेवा, ल्याब, एक्सरे , फार्मेसी सेवा लगायत अन्य विविध सेवा प्रदान गर्दै आएको छ । 

 

यस अस्पताल सर्पदंश उपचार केन्द्र, क्षयरोगको निशुल्क उपचार केन्द्र, स्वास्थ्य बिमा केन्द्र हात्तीपाइले रोग को केयर/सपोर्ट केन्द्र  को रुपमा स्थापित  भै सेवा प्रदान गर्दै आएको छ । यसै गरि यस अस्पताल EMR, संक्रमण रोकथाम तथा नियत्रण नर्सिंग कर्मचारीहरुका लागि ९० दिने हेमो डायलायसिस ट्रेनिंग सेन्टर को रुपमा स्थापित भएको  ।अस्पताल मार्फत प्रदान गरिने सेवा अझै गुणस्तरिय बनाउनुका साथै थप सेवाहरु बिस्तार गर्ने लक्ष्यका साथ यस अस्पताल अगाडी बढीरहेको |